२३ आश्विन २०८१, बुधबार

पोखरेलको प्रश्न: कोशी प्रदेशको नामकरण एमालेले गराएको हो ?

प्रकाशित मिति :  18 December, 2023 6:13 pm


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् ।

विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर थियो ।

आइतबार झापाको बिर्तामोडमा सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालको गतिविधिविरुद्ध एमाले लाग्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशको नामकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो भनी प्रश्न गरे । उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोप समेत लगाए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !