२३ आश्विन २०८१, बुधबार

लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता

प्रकाशित मिति :  19 December, 2023 7:33 am


काठमाडौँ । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौँमा अवस्थित बयोधा अस्पताल सँग बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई बिभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १०% देखि १५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौ स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक श्री दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा। अरबिन्द कुमार साहले हस्ताक्षर गर्नुभयो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !