२३ आश्विन २०८१, बुधबार

श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

प्रकाशित मिति :  19 December, 2023 10:13 am


काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउने भएका छन् ।

नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बुधवार नेपाल आउन लागेका हुन् ।

नेपाल श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक २१ र २२ डिसेम्बरमा काठमाडौँमा हुने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको हुन । विदेशमन्त्री साब्री बैठक सकेर शुक्रबार स्वदेश फिर्ता हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !