२३ आश्विन २०८१, बुधबार

तोलामा २०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  19 December, 2023 10:53 am


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेको छ ।

सोमबार तोलाको एक लाख १७ हजार ८०० रुपयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज मंगलबार तोलामा २०० रुपैयाँ बढेर तोलाकमो एक लाख १८ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला १७ हजार ४५० रुपैयाँमा किनबेच भएको छ । आज चाँदीको मूल्य भने घटेको छ ।

सोमबार १४५५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार तोलामा ५ रुपैयाँ घटेर तोलाको १४५० रुपैयाँ कारोबार मूल्य तोकिएको हो ।



प्रतिक्रिया दिनुहोस !