२३ आश्विन २०८१, बुधबार

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  19 December, 2023 11:19 am


काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई हिजाे (सोमबार) काठमाडौँको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँ बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौँको भिमसेनस्थानबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३८ प ६७१६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न तामाङलाई टोखाबाट सोमबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !