२३ आश्विन २०८१, बुधबार

नवलपरासीका राज अधिकारी ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा दोस्रो

प्रकाशित मिति :  19 December, 2023 12:04 pm


काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालका राज अधिकारीले खिचेको फोटो दोस्रो स्थानमा पर्न सफल भएको छ ।

पहिलोमा दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन रिजले खिचेको तस्बिर परेको छ ।

विश्वका ५८ देशबाट पठाइएका करिब ८ सय तस्बिरमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिका सम्बन्धी तस्बिर दोस्रो बनेको हो । पश्चिम नवलपरासी, बर्दघाटका अधिकारीले स्याङ्जादेखि पोखरा जाँदै गर्दा पुम्दीभुम्दीकी विष्णुमाया बरालले कोदो काट्दै गरेको फोटो प्रतियोगितामा समावेश गरेका थिए ।

फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफी क्षेत्रमा लागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !