२३ आश्विन २०८१, बुधबार

वर्तमान सरकार सम्पूर्ण रूपमा असफल भयो : उपाध्यक्ष पौडेल

प्रकाशित मिति :  19 December, 2023 2:32 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् ।

वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरूले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे ।

मंगलबार पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले कांगे्रस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन भनी प्रश्न पनि गरे ।

उनले वर्तमान सरकारलाई खिचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि बताए ।

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसद्को अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !