२३ आश्विन २०८१, बुधबार

बारामा बस र ट्रक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु , २७ जना घाइते

प्रकाशित मिति :  20 December, 2023 10:07 am


बारा । बाराको जीतपुरमा सवारी दर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३ जनाको हेटौंडा अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु रहेको प्रहरी जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको हटौँडाका स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !