२३ आश्विन २०८१, बुधबार

तोलामा एक हजार रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  20 December, 2023 10:59 am


काठमाडौँ । आज बुधवार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा २०० रुपैयाँ बढेको सुन आज बुधवार पनि तोलामा एक हजार रुपैयाँ बढेर तोलाको उक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १८ हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूलइ पनि बढेको छ । बुधवार चाँदी तोलाको १५ रुपैयाँ बढेर तोलाको १४६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !