२३ आश्विन २०८१, बुधबार

अस्ट्रेलियामा सडक दुर्घटना पाँच वर्ष यताकै उच्च

प्रकाशित मिति :  20 December, 2023 12:56 pm


काठमाडौँ । सन् २०२३ मा अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच वर्ष यताकै उच्च भएको राष्ट्रको अस्ट्रेलियन अटोमोबाइल एसोसिएसनले जनाएको छ ।

एसोसिएसनद्वारा जारी गरिएको तथ्याङ्कअनुसार २०२३ मा अस्ट्रेलियाको सडकमा १ हजार २५३ जनाको मृत्यु भएको छ । जुन २०२२ को तुलनामा ६ प्रतिशतले बढेको हो ।

मार्च २०१८ को अन्त्यसम्म १२ महिनामा १ हजार २७० मानिस मारिएपछि यो १२ महिनाको अवधिमा अस्ट्रेलियामा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु भएको जनाइएको छ । अस्ट्रेलियाका दुई ठुला राज्यहरू न्यू साउथ वेल्स र भिक्टोरियामा क्रमशः २३।७ र १४।५ प्रतिशतले वृद्धि भएको छ । जबकि अन्य प्रत्येक राज्य र क्षेत्रमा सडक मृत्युमा कमी आएको छ ।



प्रतिक्रिया दिनुहोस !