२३ आश्विन २०८१, बुधबार

हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संसद भवन निर्माण भइरहेको छः मन्त्री गुरुङ

प्रकाशित मिति :  20 December, 2023 4:57 pm


काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता दिइएको बताएकी छन् ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले सिंहदरबारको पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनबारे सो कुरा बताएकी हुन् ।

मन्त्री गुरुङले प्रतिनिधि सभा र राष्ट्रिय सभाको हल माथि राख्ने टस राख्ने काममा समय लाग्ने भएपनि त्यसलाई संसदको हिउँदे अधिवेशन सञ्चालन हुनेगरी सक्न सम्बन्धित पक्षलाई निर्देशन दिइएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराइन् ।

उनले माघ महिना भित्र हस्तान्तरण गर्नेगरी मन्त्री क्वार्टर निर्माण काम भइरहेको समेत बताइन् । मन्त्री गुरुङले अधुरा आयोजनाहरुको कामलाई तिब्रता दिन आफूले सम्बन्धित मन्त्रालयसँगको समन्वयको कामलाई जोड दिएको पनि जानकारी दिइन् ।

अनुगमन गर्ने परम्परागत शैली, अन्तर मन्त्रालयबिचको समन्वयको अभाव, सार्वजनिक खरिद ऐन, स्रोतको सुनिश्चिता नहुँदा पनि निर्माणाधिन आयोजनाहरुको कामले गति लिन नसकेको मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्री गुरुङले पर्याप्त बजेटको व्यवस्था गर्न सकिने अवस्था नभएकाले पनि विकास, निर्माणको कामले गति लिन नसकेको यथार्थलाई मनन गरिदिन सांसदहरुलाई आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस !