२३ आश्विन २०८१, बुधबार

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री प्रचण्डले जिम्मेवारीबोध गर्नुपर्छ: नेता रिजाल

प्रकाशित मिति :  20 December, 2023 6:36 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारीबोध गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता रिजालले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष पुगिसक्दा पनि ३ पटक सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने नेता प्रधानमन्त्री भइसक्दा किन टुंगिन नसकेको भन्दै प्रश्न गरे ।

उनले सशस्त्र विद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भएपनि पन्छिने ठाउँ रहेको तर नेतृत्व नै गरिसिक्दा पनि किन टुंग्याउन नसकेको भन्नेकुरा रहस्यपूर्ण रहेको बताए । उनले राजनीतिका फाइदा र बेफाइदाका बिचमा शान्ति प्रक्रियाका कामहरु बाँकी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !