२३ आश्विन २०८१, बुधबार

बर्न इन्जुरी रोकथाम र उपचारका लागि डाबर नेपालको २५ लाख सहयोग

प्रकाशित मिति :  21 December, 2023 6:07 am


काठमाडौँ। डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई)’ लाई सहयोग गर्ने संस्था इजी हेल्थ फाउन्डेसनसँग सहकार्य गरेको छ ।

डाबरले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तर्गत फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ।

काठमाडौँमा एक कार्यक्रमकाबिच कम्पनीकी अध्यक्ष तथा कार्यकारी निर्देशक इश्वरी राणा र नेपाल तथा म्यानमारका लागि विजनेश हेड हरकिरत बेदीले सहयोग रकम हस्तान्तरण गरेका छन्।

रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने डाबर नेपालले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस !