२३ आश्विन २०८१, बुधबार

तराईमा हुस्सु, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

प्रकाशित मिति :  21 December, 2023 6:34 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसले गर्दा हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

आज देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !