२३ आश्विन २०८१, बुधबार

आजदेखि नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु हुँदै

प्रकाशित मिति :  21 December, 2023 10:02 am


काठमाडौँ । आजदेखि नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु हुँदैछ । धनुषाधाममा आयोजना हुने सम्मेलन बिहिबार र शुक्रबार चल्नेछ ।

प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनमा उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सम्बोधन गर्नेछन्

बन्द सत्रमा प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारी गरी ८ सयभन्दा बढीको उपस्थिति रहने नेपाली कांग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !