२३ आश्विन २०८१, बुधबार

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

प्रकाशित मिति :  21 December, 2023 11:25 am


काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायीको विवरणमा आज छापावाला सुनको मूल्य स्थिर रही तोलाको एक लाख १९ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै तेजावी सुन तोलाको एक लाख १८ हजार ४५० रुपैयाँ कारोबार मूल्य ताकिएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । बुधबार तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिबार तोलामा १५ रुपैयाँ बढेर १४८० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !