२३ आश्विन २०८१, बुधबार

सुनिलस्मृति गाउँपालिकाे सुलिचौर र रुइनिबाङमा तरकारी गाडी प्रवेश गर्ने र निस्कने समय तोकियो

प्रकाशित मिति :  21 December, 2023 12:44 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले सुलिचौर र रुइनिबाङ बजारभित्र तरकारी गाडी प्रवेश गर्ने र निस्कने समय तोकेको छ ।

बजार क्षेत्रमा ट्राफिक जाम हुन थालेपछि गाउँपालिकाले तरकारी बोक्ने गाडी बिहान ९ बजेसम्म निस्किसक्नुपर्ने र बेलुकी ५ बजेपछि मात्रै प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं. ३ र ४ स्थिति रुइनिबाङ् र सुलिचौर बजार क्षेत्रमा अव्यवस्थित रुपमा फलफुल तथा तरकारी गाडीहरू दुर्घटना निम्त्याउने गरी तिब्र गतिमा चलाउने गरेको तथा ट्राफिक जाम हुने गरेको गुनासो बढेको गाउँपालिकाको भनाई छ ।

सूचना उल्लंघन गरे नियम अनुसार कारबाही हुने सचिवालयले जनाएको छ । रुइनिबाङ् र सुलिचौर पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र हो । पछिल्लो समय गाउँपालिकाले बजार क्षेत्रलाई व्यवस्थित बनाउन पहल गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !