२३ आश्विन २०८१, बुधबार

नेकपा माओवादी केन्द्रकाे विधान सम्मेलन फागनुकाे पहिलाे हप्ता

प्रकाशित मिति :  21 December, 2023 1:02 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

आज बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

बैठकले विधान मस्यौदा समिति पनि गठन गरेको छ । मस्यौदा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश शाह र राम कार्की छन् ।



प्रतिक्रिया दिनुहोस !