२३ आश्विन २०८१, बुधबार

विवादपछि मन्त्री किराँतीले भने : वहसमा सहभागी सबैलाई धन्यवाद

प्रकाशित मिति :  21 December, 2023 2:26 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्पष्टिकरण दिएका छन् ।

बुधबार (हिजो) बृहत क्रिसमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिएका हुन् ।

‘महोत्सवमा भीडमा उत्तेजित बन्दै मन्त्री किराँतीले नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ बताएका थिए ।

आज उनले आफ्नो अभिव्यक्तिले वहस सिर्जना गरेको भन्दै वहसमा सहभागी सबैलाई धन्यवाद भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौँ। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो।’

उनले आफूलाई विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको भन्दै त्यसलाई आफूले सामान्य रुपमा लिएको अभिव्यक्ति दिएका छन्।



प्रतिक्रिया दिनुहोस !