२३ आश्विन २०८१, बुधबार

नेपाली कांग्रेस मधेस सम्मेलनको बन्दसत्र सुरु

प्रकाशित मिति :  22 December, 2023 8:32 am


जनकपुर । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।

प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।

बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलन हिजोदेखि जनकपुरमा सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !