२३ आश्विन २०८१, बुधबार

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  22 December, 2023 8:46 am


पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । विहिबार राति रा १ ख २४०४ नम्बरको टिप्पर करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो ।

टिप्परमा सवार घोराही उपमहानगरपालिका १२, दाङका ३२ वर्षिय यमराज पुन र त्रिवेणी गाउँपालिका ५ रोल्पाका हिमाल घर्ती गंभिर घाईते भएका छन् । उनीहरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भइरहेको छ ।

गुल्मी बाट पाल्पाका लागी छुटेको रा १ ख २४०४ नम्बरको टिप्पर अचानक आफै ब्याक भई टिप्पर सडक बाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक घोराही उपमहानगरपालिका १६, दाङका २६ वर्षिय अजय चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !