२३ आश्विन २०८१, बुधबार

एक जनाको मृत्युपछि धनुषाको हंसपुर तनावग्रस्त

प्रकाशित मिति :  22 December, 2023 10:54 am


धनुषा । धनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।

बिहिबार राति सुगानिकास गाउँमा चोरीको विषयमा विवाद हुँदा घाइते भएकी ३५ वर्षीय दिपा मण्डलको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो।

घाइते भएका मण्डललाई उपचारको लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएपछि आज बिहान स्थानीयले प्रहरी कार्यालयमा आगजगी गर्ने प्रयास गरेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।

स्थानीयहरु तोडफोडमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । शंकरको हातमा गोली लागेको छ ।



प्रतिक्रिया दिनुहोस !