२३ आश्विन २०८१, बुधबार

स्याङ्जाको भीरकोटमा पुगेर रविले भने:परलोक गएका मान्छेलाई पनि निर्वाचनमा भोट हाल्ने सुविधा उपल्बध गराइदिए

प्रकाशित मिति :  22 December, 2023 1:23 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई कटाक्ष गर्दै परलोक गएका मान्छेलाई पनि निर्वाचनमा भोट हाल्ने सुविधा उपल्बध गराइदिएको बताएका छन् ।

आज (शुक्रबार) स्याङ्जाको भीरकोटमा पुगेर लामिछानेले परलोक गएका मान्छेको नाममा भोट हालेर निर्वाचन जितेको भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङलाई आरोप लगाएका हुन् ।

उनले भने, “स्याङ्जाली जनताले थोरै आँट गरेको भए यो क्षेत्रबाट नयाँ संसाद पाउने थियौँ । थोरै मिहिनेत हाम्रो पुगेन । अलि धेरै मिहिनेत विपक्षी पार्टीहरूले गरे । परलोक गएका मान्छेलाई पनि भोट हाल्ने सुविधा उपल्बध गराइदिए। तर मैले संसदीय समितिमा पनि सोधेको थिए । बढो गजब भयो परलोक गएको मान्छेको भोट हाल्न पाए । तपाईँहरूआफैँ परलोक जानु भएको हो कि उहाँहरू तल आउनु भएको हो भनेर प्रश्न सोधेको थिए ।’’

सभापति लामिछानेले भीरकोटमा आफूले आयाेजना गरेकाे कार्यक्रमको भीडलाई लक्षित गर्दै भीरकोटमा वास्तिवक घन्टी बजेको बताएका छन् । उनले भीरकोटमा ९ वटा वडा पालिकमा अनियमिता बढी भएको बताउँदै त्यस्ता व्यक्तिलाई कारबाहीको लागि रास्वपा सदाबार जनताको साथ रहेको बताए । “यहाँका ९ वटा वडा र पालिकमा भएका अनियमिता भीरकोटका मान्छेले भुलेका छैनन् कहाँ कुन बजेटमा आफ्ना मान्छेलाई परेको छ। त्यो बजेट पारेपछि कति आफ्नो खल्तीमा हालेको छ सबै थाहा छ । अब त्यो अनियमिताको चिना निकाल्ने नै मिसन ८४ हो ।, उनले भने”

लामिछानेले भीरकोटका जनताले योग्य मान्छे छान्न नसके भीरकोटकाे विकास नहुने बताउँदै अगामी निर्वाचनमा कसैको पनि लोभ र डरबाट नपरि घन्टीमा भोट हाल्न समेत आग्रह गरेका छन् । उनले भने, “घिन लाग्दो खेल हाम्रो पार्टीले खेल्ने छैन । परालोक भएको मान्छेको नामको लिष्ट लिएर हिड्ने, विदेशका मान्छेको भोट खसाल्ने रणानीतिमा हामी कहिल्यै हिड्ने छैनौँ र त्यस्ता साथी हाम्रो पार्टीमा समेत हुनुहुदैँन् ।”



प्रतिक्रिया दिनुहोस !