२३ आश्विन २०८१, बुधबार

विदेशी सहयोगको सही सदुपयोग हुनुपर्छ: सभामुख घिमिरे

प्रकाशित मिति :  22 December, 2023 1:56 pm


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी संघसंस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए ।

उनले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायताबारेको जानकारी पुग्नुपर्ने बताए ।

उनले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्‌मा पेस गर्ने र संसद्ले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए ।

उनले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए ।

उनले भने, “अहिले एउटा ट्रेन के बढिरहेको छ भने विदेशी संघसंस्थाको उद्देश्य पूरा गर्नका लागि कसरी छिटो त्यसलाई खर्च गर्न सकिन्छ रु त्यो ढंगबाट गइरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो की होइन, यसको बारेमा विश्लेषण गर्ने, त्यसलाई सिस्टममा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्त्व के छ भन्नेबारेमा धेरै बहस छलफलले हुँदैन ।”

सभामुख घिमिरेले यस्ता सहयोगहरूको मनिटरिङ गर्ने कुरामा संसद प्रभावकारी हुने बताए । उनले भने, “त्यो अहिलेको प्रणालीअन्तर्गत संसदीय समितिहरू नै यसको मनिटरिङ गर्ने मुख्य साधनहरू हुन् । उनीहरूले हरेक ठाउँमा कसरी प्रयोग भयो, कुन समयमा आयो रु समय भन्दा ढिलो किन भयो रु समयभित्रै ल्याएर किन प्रयोग गर्न सकिएन? यी कुराहरूको बारेमा संसदीय समितिहरू प्रभवकारी ढंगबाट यसको मनिटरिङ गर्ने भुमिकामा रहन पुगे भने उनीहरूमार्फत जनताको बीचमा ती कुराहरू पुग्न सक्छन् ।”

उनले एयरपोर्टहरू बनाउनेबारेमा सफलता पाए पनि सञ्चालनबारे कुनै ध्यान नपुगेको बताए ।



प्रतिक्रिया दिनुहोस !