२३ आश्विन २०८१, बुधबार

पुस २० देखि हुने प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनीमा महावीर पुनको पुस्तकको स्टल रहने

प्रकाशित मिति :  22 December, 2023 6:32 pm


काठमाडौँ । आगामी पुस २० देखि २२ गतेसम्म पाेखरामा हुने प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनी २०८० मा ‘महाबीर पुनको जीवन कथा’ पुस्तकको लागि नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्टल उपल्बध गराउने सहमति भएकाे छ ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवनमा आधारित पुस्तकलाई नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्टल मार्फत विक्री वितरणमा सहयोग गर्ने सहमति भएको नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्ष कृष्ण शर्माले बताए ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलो पटक प्रदेश स्तरमा यान्त्रिकरण मेला गर्न लागेको हो । यसअघि हरेक वर्ष राष्ट्रिय रूपमा मेला सम्पन्न भइरहेकोमा यो वर्षदेखि प्रदेश स्तरिय मेला थालनी गर्न लागिएको नामियाले जनाएको छ ।

कृषि यान्त्रिकरण प्रदर्शनीका लागि कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा र पोखरा महानगरपालिकाले साथ दिने भएका छन्।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धि कम्पनीहरूका ४० वटा भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू (जस्तै कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई – भैंसी पालन, डेरी) लगायत कृषिका नविनतम औजार, उपकरण, मेशिन, केरा खेती थोपा सिचाईंका सामग्रीहरू, सयौं किसिमका कृषि औजार तथा प्रविधि अवलोकन गर्न सकिने छ ।

नेपालको कृषि क्षेत्रको यान्त्रिकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्ष शर्माले बताए ।

प्रदर्शनीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !