२३ आश्विन २०८१, बुधबार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान

प्रकाशित मिति :  23 December, 2023 2:16 pm


काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान गरेका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा लिङ्देन आज बिहान हङ्कङ् प्रस्थान गरेका हुन् ।

उनले समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

भ्रमण दलमा लिङ्देनका साथै राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की रहेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष लिङ्देन पुस १२ गते स्वदेश फर्कर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !