२३ आश्विन २०८१, बुधबार

राप्रपा रोल्पाका अध्यक्ष थापा अस्वस्थ,काठमाडाैँमा उपचार हुँदै

प्रकाशित मिति :  23 December, 2023 2:28 pm


काठमाडौँ । राप्रपा रोल्पाका अध्यक्ष अमरबहादुर थापा अस्वस्थ भएका छन् ।

मुटुको भल्बमा समस्या देखिएपछि थापाको शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बाँसबारी काठमाडौँमा उपचार भइरहेको छ ।

रोल्पाका पुराना राजनीतिकर्मी थापा अस्वस्थ भएपछि केही समय पहिले अस्पताल भर्ना भएका हुन् ।

रोल्पाकी सांसद इश्वरी घर्तीले शुक्रबार अस्पताल पुगेर थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।



प्रतिक्रिया दिनुहोस !