२४ आश्विन २०८१, बिहिबार

लुम्बिनी प्रदेशमा थपिएका मन्त्री थापा र केसीको शपथ आज

प्रकाशित मिति :  24 December, 2023 7:23 am


lumbini pardesh

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई जना मन्त्रीले आज सपथ लिने भएका छन्। नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका सरोज थापा र नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेकी कृष्ण केसीले आज सपथ लिन लागेका हुन ।

प्यूठानबाट प्रदेशसभा सदस्य थापा र बाँकेबाट प्रदेशसभा सदस्य रहेकी केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिवार मन्त्री पदमा नियुक्त गरेका हुन । उनीहरूको शपथ आज बिहान ९ बजेका लागि तय भएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

सरोज थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मध्ये एक मन्त्रालय दिने तयारी रहेको छ भने केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको सम्हाल्ने छिन् ।



प्रतिक्रिया दिनुहोस !