२४ आश्विन २०८१, बिहिबार

वर्तमान सरकारबाट मुलुकमा विकासको सपना देख्न सकिँदैनः ओली

प्रकाशित मिति :  24 December, 2023 3:39 pm


काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन्।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालगत्तै आइतवार सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उनले उक्त दाबी गरेका हुन्।

अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्युह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने बताए। उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए।

ओलीले भने, “वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्युहभित्र, यही भ्रष्टाचार र कमिसनतन्त्रका बिचमा विकासको सपना देख्न सकिँदैन। र, हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैँ हुन्छ भन्ने होइन। सुशासन चाहिन्छ। सुशासन दिने शासक चाहिन्छ। त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ।”

अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए।



प्रतिक्रिया दिनुहोस !