२४ आश्विन २०८१, बिहिबार

एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा

प्रकाशित मिति :  24 December, 2023 6:32 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी वडा नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् ।

संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए ।निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !