२४ आश्विन २०८१, बिहिबार

सोनामको विन्टर सेल अफरमा ग्राहकलाई ७० प्रतिशतसम्म छुट

प्रकाशित मिति :  25 December, 2023 11:39 am


काठमाडौँ । उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले व्यक्तिगत प्रयोजन र ट्रेकिङमा उपयोग हुने सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना ल्याएको छ ।

यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पन्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायां सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनामका सोरुम सञ्चालनमा छन् ।



प्रतिक्रिया दिनुहोस !