२४ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति :  25 December, 2023 1:40 pm


काडमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको १ वर्ष कार्याकालमा भएका उपलब्धिको चर्चाका साथै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गर्ने छन्।

आफ्नाे नेतृत्वकाे सरकारले सकारात्मक कामहरू अगाडि बढाएको प्रधानमन्त्री प्रचण्डले दाबी गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस !