२४ आश्विन २०८१, बिहिबार

गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो

प्रकाशित मिति :  25 December, 2023 5:31 pm


काठमाडौँ । हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या हालसम्म २० हजार २८५ पुगेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरू गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ ।

गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् । गाजा जनसंख्याको लगभग ८५ प्रतिशत विस्थापित भएका छन् ।

यसैबिच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।



प्रतिक्रिया दिनुहोस !