२४ आश्विन २०८१, बिहिबार

देशभर चिसो बढ्दै

प्रकाशित मिति :  26 December, 2023 7:52 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !