२४ आश्विन २०८१, बिहिबार

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  26 December, 2023 8:20 am


रोल्पा । रोल्पामा भएको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

१ जना घाइते भएका छन् । सोमवार राति लु १ त ४९७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका– ७ तेबाङका २१ वर्षीय चालक तिलक विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनामा लुङग्री गाउँपालिका– ४ सानो नम्जाका ४२ वर्षीय लिलामणि विष्ट गम्भीर घाइते छन् ।

खर बोकेर खुङ्ग्रीदेखि सानो नम्जातर्फ जाँदै गरेको ट्याक्टर सुनिलस्मृति गाउँपालिका– ३ बर्जिवाङमा दुर्घटना भएको हो ।



प्रतिक्रिया दिनुहोस !