२४ आश्विन २०८१, बिहिबार

आज नेवार समुदायमा यःमरी पुन्हि मनाइँदै

प्रकाशित मिति :  26 December, 2023 9:34 am


काठमाडौँ । आज य :मरी पुन्हि देशभर छरिएका नेवार समुदायले यस पर्व मनाउँदै छन् ।

मंसीर शुक्ल पूर्णिमाका दिन नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । आजको दिनलाई धान्य पूर्णिमा मानिन्छ ।

नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने य : मरी पुन्ह्री खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी खाएर मनाउने गरिन्छ । बिहान स्नान गरेपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन नेवार समुदायको रहेको छ ।

नेवारी परम्परा अनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । नेवार समुदायले आफ्ना हरेका शुभ कार्यमा यःमरी चढाउने गर्दछन् । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा लिइन्छ ।



प्रतिक्रिया दिनुहोस !