२४ आश्विन २०८१, बिहिबार

‘फेसियल हाउस’ १६औँ वर्षमा प्रवेश

प्रकाशित मिति :  26 December, 2023 11:12 am


काठमाडौँ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस हिजाे (साेमबार) देखि १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा हिजाे विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो ।

वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । डकुमेन्ट्रीमार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गरेका नयाँ व्यक्तिहरूलाई सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।

समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए भने बाँकी समय विभिन्न किसिम्मका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो ।

फेसियल हाउसको १६औँ वार्षिकोत्सव समारोहमार्फत मन्त्री सिर्पालीको बाहुलीबाट स्टुडेन्ट र स्टाफ इन्करेज अवार्डका साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको छ । जस अनुसार ‘बेष्ट स्किन केयर अवार्ड, २०२३’ बाट जेनी तामाङ, ईश्वरी कुमारी जोशी र पुनम घर्तीमगर सम्मानित हुनुभएको छ । यस्तै, ‘बेष्ट केयर टेकर अवार्ड, २०२३’ बाट कमल ठाकुर, ‘बेष्ट म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट रक्षा बोहोरा र ‘बेष्ट बिह्याबियर एण्ड भ्यालुज अवार्ड, २०२३’ बाट शोभा थापा मक्राति सम्मानित भएका थिए ।

यसैगरी, ‘बेष्ट प्रफमर अवार्ड, २०२३’ बाट गरिमा शाही, जीवन चौधरी, मनोज ठाकुर, कञ्चन साउद र अंकिता लामालाई सम्मान गरिएको छ । त्यस्तै, ‘बेष्ट अल राउण्डर प्रफमर अवार्ड, २०२३’ बाट दुर्गा ढुङ्गाना ‘आश्था’, ‘बेष्ट प्रफमेन्स अवार्ड अफ द इयर, २०२३’ बाट प्रमिला खाती, ‘बेष्ट पङ्चुअल टाइम एण्ड म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट अस्मिता थापा र ‘बेष्ट स्माइल प्रफमेन्स अवार्ड, २०२३’ बाट प्रीती रानालाई सम्मान गरिएको छ ।

यसैगरी, ‘एन एप्रिसिएशन अवार्ड, २०२३ फर द म्यानेजमेन्ट टीम अफ फेसियल हाउस’ बाट प्रभा थापा, सजुला चौधरी, बिगेन्द्र तामाङ र नमिना श्रेष्ठ सम्मानित भएका थिए । यस्तै, यो वर्षको ‘बेष्ट स्टुडेन्ट अवार्ड अफ द इएयर, २०२३’ बाट अनिता कुमारी साउदलाई सम्मान गरिएको छ । फेसियल हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा उत्कृष्ट विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !