२४ आश्विन २०८१, बिहिबार

आठौं घरजग्गा मेलामा दुई अर्ब ५० करोड बढीको कारोबार हुने अपेक्षा

प्रकाशित मिति :  26 December, 2023 11:25 am


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौँ घरजग्गा मेला हुने भएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैङ्क र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताए ।

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । उनले अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबिच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए ।

हरेक नागरिकहरूका लागि यो मेला महत्त्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरूबारे चासो राख्न सकिने बताउँदै उनले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए ।

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला सुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरूले गर्ने आयोजकले आकलन गरेको छ । उनले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !