२४ आश्विन २०८१, बिहिबार

गाजाको शरणार्थी शिविरमा हवाई आक्रमण: मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो

प्रकाशित मिति :  26 December, 2023 2:10 pm


काठमाडौँ । गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । मध्य गाजापट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले हवाई आक्रमणले भीडभाड भएको आवासीय क्षेत्रमा आक्रमण गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताए । इजरायली सेनाले क्याम्पहरू बीचको मध्यक्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ ।

जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानमा पुग्न बाधा पुर्‍याएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका थिए र अहिले स्थानीय अस्पतालहरूलाई थप घाइतेको उपचार गर्न कठिन भएको छ ।



प्रतिक्रिया दिनुहोस !