२४ आश्विन २०८१, बिहिबार

उर्जा क्षेत्रमा भएको क्रान्तिले लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको छः प्रचण्ड

प्रकाशित मिति :  26 December, 2023 5:22 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जा क्षेत्रमा भएको क्रान्तिले लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको बताएका छन् ।

मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा हुने १८ घन्टासम्मको लोडसेडिङलाई अन्त्य गरेर लगभग सिङ्गो देशमा विद्युतकाे पहुँच पुर्याएकाे बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न खोजेको बताए । उनले साथै आफ्नो कार्यकालमा राम्रा कामको सुरुवात भएको उल्लेख गर्दै तर, त्यो आफूलाई सन्तुष्टि दिन पर्याप्त नरहेको बताए ।

नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको समेत उल्लेख गरेका छन् ।

आफ्नो चीन भ्रमणको क्रममा नेपाल चीन जोड्ने चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि विद्युत् व्यापारको ढोका खुल्ने बताए ।



प्रतिक्रिया दिनुहोस !