२४ आश्विन २०८१, बिहिबार

सरकारको काममा मेरो हुटहुटी अनुसारको परिणाम आएको छैन: प्रधानमन्त्री

प्रकाशित मिति :  26 December, 2023 5:50 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताएका छन् ।

मंगलबार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरूप हुन नसकेको स्वीकार गरेका हुन् ।

उनले सरकार असफल भने नभएको बताए । उनले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । प्रधानमन्त्री दाहालले यही साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताएका छन्।



प्रतिक्रिया दिनुहोस !