२४ आश्विन २०८१, बिहिबार

चालु आर्थिक वर्षको चैत्रभित्र दुध किसानको वक्यौता रकम भुक्तानी हुन्छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  26 December, 2023 5:57 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरूको बक्यौता रकम भुक्तानी हुने बताएका छन् ।

मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताएका हुन् ।

“कृषिमा राज्यको लगानी घटेको छैन । तर, उत्पादकत्व बढेको पनि छैन । सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्‍याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्ष भित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा वितरण गर्न सुरु गरिँदैछ ।”, उनले भने,”प्रमुख खाद्यान्न तथा तरकारीमा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ । दुध किसानहरूको बाँकी बक्यौता २०८० चैत्रभित्र भुक्तानी हुँदैछ । तर यी सुधारले मात्रै कृषि क्षेत्रमा हामीले फड्को मारिहाल्ने अवस्था छैन । कृषिमा अब परम्परागत ढंगले सोचेर पुग्ने अवस्था छैन । खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ ।”

प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !