२४ आश्विन २०८१, बिहिबार

जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न हुन्छ: प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

प्रकाशित मिति :  26 December, 2023 6:03 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका छन् ।

मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका हुन् ।

उनले भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको बताए । उनले विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन गरिएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुमको भूकम्पपछि खोज र उद्धारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !