२४ आश्विन २०८१, बिहिबार

देशमा आशा जगाउने काम गर्न नसके म पनि पदमा बसिरहन जरुरी छैनः प्रधानमन्त्री

प्रकाशित मिति :  26 December, 2023 6:22 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसिरहन जरुरी नभएको बताएका छन्।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरूले पनि पद ओगटेर बस्न नहुने बताएका हुन् ।

उनले मन्त्रीहरूप्रति संकेत गर्दै हरेकले आ–आफनो भूमिकालाई न्याय हुने गरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताए।

“म आज जनतालाई साँची राखेर माननीय मन्त्रीहरुलाई पनि भन्न चाहन्छु– हामीलाई असफल हुने छुट छँदै छैन। कार्य सम्पादन कमजोर भएको अवस्थामा म कसैलाई पनि माफ दिने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ–आफनो भूमिकाप्रति न्याय गर्नै पर्ने नैतिक दबाबमा छौँ”, उनले भने ।

उनले भने, “कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने अब कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन। छाडिदिनु पर्दछ। यो मैले अरुलाई दिएको उपदेश मात्रै होइन। आफैसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन।”



प्रतिक्रिया दिनुहोस !