२४ आश्विन २०८१, बिहिबार

मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछः प्रधानमन्त्री

प्रकाशित मिति :  26 December, 2023 6:39 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताएका छन् ।

उनले एक महिना भित्र काठमाडौँमा मेलम्चीकाे पानी ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका हुन् ।

सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने लक्ष्यसहित २८ दिनको कार्यतालिका बनाएर काम भइरहेको बताएका हुन्।



प्रतिक्रिया दिनुहोस !