२४ आश्विन २०८१, बिहिबार

कोशी,बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

प्रकाशित मिति :  27 December, 2023 7:02 am


काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुइ स्थानमा हल्का हिमपातको संभाबना रहेको छ।

त्यस्तै राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुइ स्थानमा हल्का हिमपातको संभाबना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !