२४ आश्विन २०८१, बिहिबार

आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

प्रकाशित मिति :  27 December, 2023 7:15 am


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ ।

बैठक बुधवार बिहान ११ बजेदेखि शुरु हुन लागेको हो । आजदेखि शुरु भएको बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ ।

माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल गर्ने पार्टीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !