२४ आश्विन २०८१, बिहिबार

बारा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो भारतीय ‘सुटर’

प्रकाशित मिति :  27 December, 2023 8:04 am


बारा । बारा प्रहरीले गएराति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका ३२ वर्षीय सुजितकुमार सिंह रहेका छन् ।

गएराति आठ बजेबाराको विश्रामपुर गाँउपालिका-३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा भागेपछि खुट्टामा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । उनका साथबाट प्रहरीले एक थान पेस्तोल र २ राउण्ड गोलीसमेत बरामद गरेको छ।

प्रकाउ परेका सिंहले गत कात्तिकमा बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या गरेको प्रहरीले जनाएको छ।

सिंहको दुवै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !