२४ आश्विन २०८१, बिहिबार

समाजवादी मोर्चाको बैठक पुनः साँझ बस्ने

प्रकाशित मिति :  27 December, 2023 10:57 am


काठमाडौँ । समाजवादी मोर्चाको बैठक सकिएको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठक पुनः साँझ बस्ने गरी सकिएको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए ।

बालुवाटारमा बसेको मोर्चाको बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ । यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ ।

अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी मोर्चाको बैठकमा सहभागी भइरहेका छन् ।

‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्’, उनले भने, ‘यो विषयमा आजै साँझ ६ बजे बस्ने बैठकमा छलफल हुन्छ।’



प्रतिक्रिया दिनुहोस !