२४ आश्विन २०८१, बिहिबार

बुधवार सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  27 December, 2023 12:24 pm


काठमाडौँ । आज बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बुधबार छापावाला सुन तोलाको २०० रुपैयाँ बढेर तोलाको एक लाख २० हजार ७०० रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख २० हजार १०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको १४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !